Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

जुम्ला – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट जुम्लाकी समिता शाही महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ ।

samita nebisng(1)

विद्यार्थी राजनीतिक इतिहासमा २५ वर्षसम्म जुम्लाले महिला पुरुष कुनै पनि केन्द्रीय सदस्य पाएको थिएन । नेविसंघको ११ औं महाधिवेशनले उहाँलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

‘जुम्लाबाट नेविसंघको पहिलो केन्द्रीय सदस्य सिंजाका नमजङ्ग हमाल र दोस्रो केन्द्रीय सदस्य नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति स्वर्गीय मानव सेजुवाल निर्वाचित हुनु भएको २५ वर्षपछि ११ औं महाधिवेशनले शाहीलाई निर्वाचित गरेको हो’ सचिव शाहीले भन्नुभयो ।

जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउँमा जन्मेकी २२ वर्षकी शाही पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो । १८ वर्षको उम्मेरदेखि जुम्ला बहुमुखी क्याम्पसमा अध्ययन गर्दैगर्दा नेविसंघबाट विद्यार्थी राजनीति थालनी गर्नु भएकी उहाँले ४ वर्षपछि केन्द्रीय सदस्यको स्थान पाउन सफल हुनु भएको हो ।

बझाङ, बाजुरा, अछाम, जाजरकोट र कर्णाली सहित सबैले सहयोग गर्दा आफू केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकोप्रति खुसी व्यक्त गर्दै अब पिछडिएका क्षेत्रका विद्यार्थीको हकहित र विशेषगरी कर्णाली क्षेत्रका महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकासमा सहयोग पुर्याउने उद्देश्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया