Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – जागरुक नागरिक समाजले भोलि शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।  सत्याग्रहमा ८६ वर्षे वृद्धसँगै ४ जना सहभागी हुँदै छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नेपाल राष्ट्रिय शिक्षक संगठन र मुलुकको जेठो मानवअधिकारवादी संस्था (मासम २०४१) का संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा (८२ वर्ष), बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरे (८६ वर्ष), समाजसेवी चित्रबहादुर पुन (६७ वर्ष) र बुद्धिजीवी मुकुन्द ढकाल (७० वर्ष) सत्याग्रह आन्दोलनमा बस्ने जानकारी दिएको हो । समाजका अनुसार भदौ ३ गतेबाट सुरु हुने सत्याग्रह दिउँसो १ देखि ४ बजेसम्म हुनेछ ।

????????????????????????????????????

कार्यक्रममा बोल्दै सत्याग्रहका अगुवा खतिवडाले राजनीति ठीक हुनु र नहुनुले मुलुकको भाग्य निर्धारण गर्छ भन्ने कुरालाई आफूहरुले मनन गर्दै ‘मुलुक शान्ति र समृद्धिको खोजीमा छ’ भन्ने नाराका साथ आफूहरु सत्याग्रहमा होमिन लागेको बताउनु भयो । खतिवडाले भन्नुभयो, ‘म ८२ वर्षको बुढो आज सत्याग्रहमा होमिनु परेको छ, मुलुकको राजनीतिक अवस्था अहिले अत्यन्तै चिन्ताजनक छ, हामी शान्ति र समृद्धिको पक्षमा छौं ।’

उनीहरुले दिगो सरकारले मात्रै शान्ति र समृद्धि दिन सक्छ त्यसको लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने, मुलुकको व्ययभार घटाउनका निमित्त दुबै सभाको हालको सदस्य संख्या आधा कटौति गर्नुपर्ने, धर्मनिरपेक्ष र सापेक्षको विवादलाई जनमत संग्रहद्धारा समाधान खोज्नुपर्ने लगायतका १४ बुँदे मागहरु अघि सारेका छन् ।

समाजको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘विश्व आणविक शस्त्रास्त्रबाट भयभित छ, शान्तिका अग्रदुत बुद्धको जन्मथलो नेपाल ती घातक शस्त्रास्त्रको घेराबन्दीमा निसासिरहेको छ । बुद्धका सन्तति हामीमा मात्र विश्व निशस्त्रीकरणको नेतृत्व लिन सक्ने क्षमता निहित छ । मुलुक दुई वटा आन्तरिक र बाह्य घातक रोगबाट आक्रान्त छ, पहिलो : राजनीतिक दलहरुमा मौलाउँदो भ्रष्टाचार, र दोस्रो : असमान सुगौली सन्धिबाट प्रारम्भ भएको भारतीय हस्तक्षेपको बढ्दो निरन्तरता ।

तपाईको प्रतिक्रिया