Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ  – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।

baburam

सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ ।”

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उहाँको अभाव खट्किएको विचार व्यक्त गर्नुभयो ।

सोही पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया