Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सिरिया – सिरियामा जेलमा रहेका झण्डै १८ हजार कैदीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०११ देखि २०१५ को बिचमा सरकारी जेलमा रहेका झण्डै १८ हजार कैदीको ज्यान गएको मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले प्रतिवेदन सर्वाजनिक गरेको हो । यातनाका कारण पाँच वर्षको अवधिमा यति धेरै जनाको ज्यान गएको एमनेस्टीले जनाएको छ ।

siriya

एमनेस्टीले सिरियामा रहेका जेलमा कैदीलाई अमानवीय तवरले यातना दिइने गरेको भन्दै यसलाई रोक्न अन्तर्राष्ट्रि समुदायले दबाब दिनुपर्ने जनाएको छ । तर सिरिया सरकारले भने सबै आरोप अस्वीकार गर्दै आएको छ ।

सन् २०११ को मार्चदेखि २०१५ को डिसेम्बरसम्ममा सिरियाका विभिन्न जेलमा रहेका १७ हजार सात सय २३ जनाको ज्यान गएको एमनेस्टीले जनाएको हो । एमनेस्टीका अनुसार हरेक दिन १० जना कैदीको यातनाकै कारण ज्यान जाने गरेको छ । जेलका सुरक्षागार्डले कैदी बन्दीलाई पिट्ने तथा महिला बन्दीलाई बलात्कार गर्ने गरेको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ ।

जेलका सुरक्षाकर्मी कैदीबन्दीलाई जनावरलाई जस्तै व्यवहार गर्ने गरेका छन् । उनीहरुले कैदीले आफू मानिस भएको कुरानै बिर्सिउन् भन्ने चाहेर व्यवहार गर्ने गरेको एमनेस्टीले जनाएको छ ।

यातनाको क्रममा जेलमा कैदी बन्दीको रगत खोला जस्तै बग्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यातनाबाट बाँचेका ६५ जना कैदी बन्दीसँगको अन्तवार्ताबाट प्रतिवेदन तयार पारिएको एमनेस्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया