Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि मतदान भैरहेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा विद्युती मेसिनमार्फत भैरहेको मतदानमा अहिलेसम्म झण्डै ७ सय मत खसेको र सबै ३४ सय प्रतिनिधीले भोट हाल्दा राति १२ बज्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ । बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि झण्डै चारघण्टा ढिला गरी मतदान सुरु भएको थियो । मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महाधिवेशनको महत्वपूर्ण विषय मानिने बन्दसत्र नै नगरी नयाँ नेतृत्व चयनका लागि चुनाव सुरु भएको । एक अध्यक्षका लागि सात जना, २  महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लािग ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् । सहमहामन्त्रीमा परमेश्वर शाह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सिता गौतम र सुमित्रा शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेनसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र आनन्दप्रसाद त्रिपाठी गरी सात जना प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया