Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाडौँ– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो ।

jahag

उहाँका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रु मात्र रहनेछन् । निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति ११ः ३० बजे उडेर २ः १५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाडौँ आइपुग्नेछ ।

काठमाडौंँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको सङ्ख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो ।

निगमले सातामा तीन वटा उडान गर्नेछ । काठमाडौँंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौँ– दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको रु ३२ हजार तोकेको प्रवक्ता शर्माले बताउनुभयो ।

निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्रा्ष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंङलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ ।

दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ । दुबई उडानमार्फत ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वाषिर्क रु एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य छ । विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया