Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच बुधबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङ गएका महराले आज बिहान प्रधानमन्त्री खछ्याङको कार्यालयमा उहाँलाई भेट्नुभएको हो ।

?????????????????????????????????????????????????????????

भेटमा उहाँले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । जवाफमा चिनियाँ प्रधानमन्त्रीले निम्तोका लागि धन्यावाद दिँदै दुवै देशका परराष्ट्र मन्त्रालयले यसबारेमा आवश्यक समन्वय गर्ने बताउनभुयो ।

भेटमा उपप्रधानमन्त्री महराले चीन सरकारले नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा गरेको सहयोगका लागि धन्यावाद दिनुभयो । चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपाललाई दिइने सहयोगमा अझै वृद्धि गर्ने चाहना रहेको जिकिर गर्नुभयो ।

भेटमा अर्थमन्त्रालयका अधिकारीसहित बेइजिङस्थित नेपाली दूतावासका कर्मचारी पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया