Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

 सिरिया – रुसले सिरियामा हवाई आक्रमणका लागि इरानको भूमि प्रयोग गर्ने गरेको बताएको छ । सिरियाका राष्ट्रपति बसर अल असदको विपक्षमा रहेका बिद्रोही विरुद्ध हवाई आक्रमणका लागि आफ्ना लडाकु विमानले इरानको पश्चिमी क्षेत्रमा रहेको हवाई अड्डा प्रयोग गर्ने गरेको रुसको रक्षा मन्त्रालयले जनाएको हो ।

ss

आफ्ना लडाकु विमानले इरानको हमदानमा रहेको हवाई अड्डाबाट उडान भर्ने गरेको रुसी रक्षा मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ । यस्ता लडाकु विमानले सिरियाका एलेप्पो, इडलिब तथा डेर अल जोर प्रान्तमा आक्रमण गर्ने गरेका छन् ।

इरान सिरियाका राष्ट्रपति बसर अल असदको मुख्य सहयोगी देश हो । रुसले गएको वर्ष हवाई आक्रमण सुरु गरेयता अहिलेसम्म २७ जना सर्वसाधारण नागरिकको ज्यान गएको स्थानीय संस्थाले जनाएका छन् । रुसले सिरियामा आक्रमणका लागि तेस्रो देशको भूमि प्रयोग गरेको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया