Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Dhading samaj japan

टोकियो – धादिङ जिल्लाबाट जापान आइ वसोवास गर्ने नेपालीहरुद्वार गठन गरिएको धादिङ समाज जापानको दोस्रो अधिबेशन हुने भएको छ ।
आगामी अगष्ट २१ तारिख हुन लागिरहेको अधिवेशनका लागि जापानवासी धादिङेहरु सबैलाई उपस्थित भइदिन आग्रह गरिएको छ । अधिबेशन आयोजक कमिटीका संयोजक राजेन्द्र श्रेष्ठद्वारा जारी गरिएको सूचनामा २१ तारिखका दिन शिनोकुबोस्थित सोलमारी रेष्टुरेण्टमा विहान १०ः३० बजे उपस्थित भइदिन आग्रह गरिएको छ । अध्यन-अनुसन्धान, व्यापारलगायत विभिन्न सिलसिलामा धादिङ जिल्लाबाट जापानमा आउनु भएका धदिङ्गेबीच आपसी भाइचारा वृद्धि गर्ने, भैपरी आउने समस्या हरुलाई एकजुट भै समाधान गर्ने र धादिंग जिल्लालगायत नेपालको बृहत्तर विकासमा टेवा पुर्याउने उदेश्यले समाज गठन गरिएको हो । दुई वर्षे कार्यकालका लागि यस अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने संयोजक श्रेष्ठले बताउनु भयो ।

तपाईको प्रतिक्रिया