Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

india-independence-day-2काठमाडौँ – अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले दुवै मुलुकको हितका लागि नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले काठमाडाैँमा आज आयोजना गरेको कार्यक्रममा वक्ताले विकास र आर्थिक समृद्धिबाट मात्र नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउनुभयो । कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै मुलुकका सरकारका भन्दा जनताबीचको सम्बन्ध महत्वपूर्ण रहेको बताउँदै नेपालको एउटा सरकारले सम्बन्ध सुधार्ने र अर्काेले बिगार्न नहुने धारणा राख्नुभयो ।

नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले भारतले हासिल गरेको आर्थिक वृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउँदै भारतको स्वतन्त्रता सङ्ग्रामले नेपालमा प्रजातन्त्र स्थापना गर्न सहयोग पुगेको स्मरण गर्नुभयो । नेकपा (माले)का महासचिव सिपी मैनालीले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेता र जनताले पनि योगदान गरेको बताउँदै नेपालको स्थिरताका लागि दुवै छिमेकी मुलुकले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले दुवै छिमेकी मुलुकले हासिल गरिरहेको आर्थिक समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत रणजित रायले छिमेकी मुलुकमा अस्थिर र अशान्ति भयो भने त्यसको असर भारतमा पनि पर्ने भएकाले भारतले छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, नेपाल–भारत प्रबुद्ध समूहका सदस्य नीलाम्बर आचार्य, समाजका अध्यक्ष प्रेम लस्करी र सदस्य डा लोकविक्रम थापाले दुवै मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत प्रा डा लोकराज बराल, नागरिक समाजका डा सुन्दरमणि दीक्षित, प्रा डा सुरेशराज शर्मा, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, साल्ट ट्रेडिङ कर्पाेरेसन लिका अध्यक्ष लक्ष्मीदास मानन्धर, ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज वज्राचार्य, समाजका संस्थापक सदस्य चिरञ्जीवीलाल अग्रवाल र बलराम थापा, त्रिवि हिन्दी विभागका प्रमुख श्वेता दिप्ती, पत्रकार युगनाथ शर्मा पौड्याल, जैन कल्याण प्रतिष्ठानका कोषाध्यक्ष रमेश जैन र डाबर नेपालका प्रमुख कार्यकारी अधिकृत आदित्य भार्गवलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया