Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – तीजको माहौल सुरु भएसंगै गुन्माकेनका महिलाहरुद्वारा पनि तीज बिशेष कार्यक्रमको आयोजना गर्ने घोषणा गरेका छन् ।

आगामी  २० तारिख शनिवार सांझआयोजित तीज कार्यक्रममा तीजे भाकामा उत्कृष्ट नृत्य गर्ने तीन जना महिलाहरुलाई आकर्षक पुरस्कार दिइने भएको छ ।
Gunma Teejआपसी भेटघाट गर्दै तीजको बेला तीज सम्बन्धि साँगीतिक माहौलमा रमाईलो गरी न्यास्रो मेटाउन दिदीबहिनी समुह गुन्माकेनका चेलीहरुले तीज कार्यक्रमको आयोजना गरेका हुन् ।

सो अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम पनि रहने बताईएको छ ।

उक्त कार्यक्रम गुन्माकेनको ओता सिटीस्थित दार्जीलिङ रेष्टुरेन्टमा हुने भएको छ । सिट सीमित भएकोले कार्यक्रममा सहभागिता जनाउन ईच्छुकहरुले (०२७-६४९३-८००मा) अग्रिम जानकारी गराई सहयोग गर्न अपिल गरिएको छ । ***

तपाईको प्रतिक्रिया