Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आइतबार आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

kfFr dGqLåf/f ;ky /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{nodf cfOtaf/ cfof]lht ;df/f]xdf hgfb{g zdf{ -phf{_, lxt/fh kf08] -;ª3Lo dfldnf tyf :yfgLo ljsf;_, ;'/]Gb| sfsL{ -;"rgf tyf ;~rf/_, chozªs/ gfos -sfg'g, Gofo tyf ;+;bLo dfldnf_ / wgL/fd kf}8]n -ljgf ljefuLo_nfO{ dGqL kb tyf uf]kgLotfsf] ;ky u/fpFb} . ;fydf pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL k'iksdn bfxfn, ;efd'v cf]g;/L 3tL{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

जनार्दन शर्मा ऊर्जा, सुरेन्द्र कुमार कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास, अजयशंकर नायक कानुन, न्याय तथा संसदीय मामिला र धनीराम पौडेल विना विभागीय मन्त्री नियुक्त हुनु भएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनेयो । प्रधानमन्त्री नियुक्त भए लगत्तै दुई उपप्रधानमन्त्री नियुक्त गरेका प्रचण्डले त्यसपछि ३ मन्त्री थप्नु भएको थियो ।

आइतबारको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया