Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् ।

1471178077saraswati-chaudhari

जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता, सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई र नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी देवनारायण चौधरीको पहलमा सरस्वतीले उक्त अवसर प्राप्त गरेकी हुन् ।

सरस्वती विभागीय टोली एपीएफ क्लबकी पहिलो रोजाईकी खेलाडी हुन् । प्रशिक्षणका लागि सरस्वती आईतबार जापान प्रस्थान गरेकी छन् । उनको प्रशिक्षण आगामी सेप्टेम्बर १५ सम्म चल्नेछ । सरस्वतीलाई जापान जाने, बस्ने र प्रशिक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च जापानी प्रशिक्षकले बेहोर्नेछन् । त्यसको साथै देवनारयणले समेत उनलाई सहयोग गर्नेछन् ।

‘खेलाडीको रुपमा जापानमा गएर प्रशिक्षण लिन पाउनु भनेको मेरा लागि ठूलो खुशीको कुरा हो । त्यहाँ सिकेको सिपलाई मैले राष्ट्रिय टोलीमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ,’ सरस्वतीले भनिन्, ‘मलाई यो अवसर जुराई दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्रशिक्षण पछि मेरो खेलमा प्राविधिक निखारता आउनेछ भन्ने लागेको छ ।’
नेपाली भलिबल खेलाडीमध्ये सरस्वती वैदेशिक प्रशिक्षण पाउने दोस्रो खेलाडी हुन् । यसअघि उनै जापानी प्रशिक्षक सुन्जीयानाको सहयोगमा पूर्व राष्ट्रिय खेलाडी दुर्जकुमार राईले साँढे तीनमहिनाको वैदेशिक प्रशिक्षण लिने अवसर पाएका थिए ।

तपाईको प्रतिक्रिया