Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

जाजरकोट – अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो ।

aringal

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नजिकै बाँदर हेर्न गएका बालबालिकालाई एक्कासि अरिङ्गालले टोक्दा घाइते भएका उनीहरुको उपचारको अभावमा आइतबार बिहान मृत्यु भएको हो । “नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन, घरेलु उपचार ग¥यौं तर बचाउन सकिएन,” बालकका बाबु नरोजले भने ।

बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरुलाई टोकेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए । कलावतीकी अर्की सात वर्षीय छोरी कविता पुन गम्भीर घाइते भएकी छन् । घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर बाँदर हेर्न गएकी थिइन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।

जिल्लाका ग्रामीण भेगमा मकैको सुरक्षाका लागि बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन रही आएको छ । मृतक बालबालिका दिदी भाइका छोराछोरी हुन् ।  यसैगरी, बैतडीको पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्य हुनेमा बासुलिङ्ग– १ ग्वानीकी ३२ वर्षीया डम्मरा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया