Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ । प्रतिनिधि विवादका कारण सोमवारदेखि स्थगित महाधिवेशनको बन्द सत्र आज सुरु हुने प्रतिनिधि विवाद फेरी बल्झिएपछि अनिश्चित बनेको हो ।

यसअघि भएको सहमति अनुसार जुन मोडालिटीमा काम गर्ने भनी तय भएको थियो, उक्त मोडालिटीमा नेविसंघ अध्यक्ष रञ्जित कर्णले सहमति उलंघन गरेपछि प्रतिनिधि विवाद फेरि बल्झिएको हो ।

नेपाली कांग्रेसको सांगठानिक आधारका रुपमा रहेको विद्यार्थी संघको विधानदेखि प्रतिनिधि विवादसम्म सुल्झाउन पार्टीले गठन गरेको निर्देशक समितिले मंगलबार राति गरेको निर्णयपश्चात बन्द सत्र सुरू हुने निश्चित भएको थियो । यसअनुसार आज दिउँसो २ बजे प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया