Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – जापान नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । सोमबार टोकियोको गिन्जा स्थित एभरेष्ट डाइनिङ रेष्टुरेन्टमा भएको भेलाले बिष्णु केसीको अध्यक्षतामा १३ सदस्यीय पूर्ण समिति, २ सदस्यीय वैकल्पीक र ३ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ ।

3

भेलाले उपाध्यक्षमा छबि गौतम र डण्ड केसी, सचिवमा गुमानसिङ थापा, सहसचिवमा बुद्धि कण्डेल, कोषाअध्यक्षमा शालिकराम सापकोटा, सल्लाहाकारमा गम बहादुर बुढाथोकी, रुद्रलाल निउरे र टोपलाल कण्डेललाई चयन गरेको छ ।यसैगरी सदस्यहरुमा रामु गौतम, कुशल थापा, नारायण कण्डेल, राजु रेग्मी,हरी सापकोटा, उमापति निउरे, वैकल्पीकमा शैलेन्द्र कंडेल र धनराज गौतम लगायत रहेका छन ।

2

भेलालाई जापान नेपाली एकता समाजका अध्यक्ष यामलाल सापकोटा, अरानेएसका सदस्य भिम केसी, जापान नेपाली एकता समाजका सल्लाहाकार नन्दु सापकोटा, गल्कोट समाज टोक्योका अध्यक्ष निम खड्का, सोही समितिका सचिव लक्ष्मण कार्की, एभरेष्ट डाइनिङ संचालक शालिकराम सापकोटा, अरानेएस भूपु उमाध्यक्ष मान बहादुर थापा र रक्तीमा परिवारका भुपु सचिव सचित्र केसीले संवोधन गरेका थिए ।

1

उनीहरुले सवै नेपालीहरु जुटेर अगाडी बढेको खण्डमा जापानमा देखिएको मजदुर समस्यालाई समधान गर्न सकिने भन्दै नवनिर्वा्चित कार्यसमितीलाई शुभकामना तथा बधाई दिएका थिए । भेलामा रक्तिमपरिवारका कालाकारबाट जनवादी गीत संगीतले थप उत्साहीत र मनोरन्जनात्मक बनाएको थियो ।

तपाईको प्रतिक्रिया