Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – पर्बत समाज जापान र बलेवा सेवा समाज जापानको संयुक्त आयोजनामा हुने समर बार्बेक्यु तथा बनभोज कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको छ । 13941099_1355696274458516_236453684_n

आइतबार योयोगी पार्कमा बसेको संयुक्त बैठकले कार्यक्रम सभ्य र अनुशासित बनाउन कुनै कसुर बाँकी नराख्ने निर्णय पनि गरेको छ । २००९ साल देखि निरन्तर बार्बेक्यु आयोजना गर्दै आएको पर्बत समाजले यस पटक देखि छिमेकी जिल्ला बागलुङको बलेवा सेवा समाजसंग मिलेर कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अगष्ट १४ तारिख आइतबारका दिन टोकियोको हिकारिगाओका पार्कमा हुने कार्यक्रममा नेपाली राजदूतावास लगायत जापानमा क्रियाशील संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

साथै जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई कार्यक्रमको शोभा बढाइदिन पनि आयोजकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया