Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

फुकुओका – हाम्रो नेपाल हामी नेपाली अभियानको अभियन्ता प्रतिनिधिहरु संयोजक समिति छनोट गरेको छ ।

फुकुओका क्षेत्रमा कार्यरत स्कुल र कलेजमा कार्यरत शिक्षकहरु, सम्पूर्ण संघ संस्थाका अध्यक्षहरु पदेन रहने यस अभियानको प्रमुख संयोजकमा समाजसेवी धर्म राज अधिकारी, संयोजक तथा प्रबक्ता मा श्रीभद्र अधिकारी त्यस्तै अन्य संयोजकहरुमा प्रा.डा. रमेश पोख्रेल, टंक गैरे, नन्दु गैरे, चन्द्र बहादुर लामा, लक्ष्मण बाँनिया, किरण बर्मा, हस्त लामा, सुन्दरमणि रेग्मी, प्रदिप श्रेष्ठ, कृष्ण सुबेदी, आशिष योञ्जन, प्रकाश सुबेदी, भिम बहादुर गुरुङ, नबिन अधिकारी, प्रदिप श्रेष्ठ, जनार्दन प्याकुरेल, मदन कुमार पौडेल, देव राज उप्रेती रहनु भएको छ ।

image1

यो एक चेतनामुलक अभियान भएकोले सबै क्षेत्रका ब्यक्तीत्वहरू को साझा चौतारीका रूपमा विकसित गर्दै प्रवासी नेपाली समाज को एकता सदभाव र समवृद्धिमा ठोस योगदान गर्ने उदेश्य रहेको यस अभियान भविष्यमा जापान का अन्य शहरमा पनि विस्तार हुने अभियानका प्रमुख संयोजक धर्म अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तमा अभियानको सफलताका लागी सबैले उठेर एक प्रतिज्ञा पत्र पढिएको थियो ।

तपाईको प्रतिक्रिया