Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – चन्द्रागिरि हिलस् प्रालिले थानकोटमा निर्माण गरेको केवलकार आज परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई आज निःशुल्क केवलकार चढनका लागि सुविधा उपलब्ध गराइएको छ ।

cabal-car-chandragiri

थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी रहेको केवलकार चढ्नका लागि त्यस क्षेत्रमा अहिले ठूलो भीड लागेको छ । एउटा कारमा आठजना सवार हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त दूरी जान र आउनका लागि प्रतिव्यक्ति रु ७०० मूल्य तय गरिएको छ । उक्त दूरी जान १४ मिनेट लाग्छ ।

आज निःशुल्क चढ्न पाइने आशामा सर्वसाधारणको घुइँचो लागेको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । देशका ख्याति प्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गर्न लागिएको केवलकार निर्माणको प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो ।

सो लिमिटेडका महाप्रबन्धक अभिषेक शाहले स्थानीयवासीलाई सेवा तथा सुविधा उपलब्ध गराउनका लागि आज केवरकारको सञ्चालन निःशुल्क गरिएको भए पनि स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउनेको भीड व्यवस्थापन गर्न कठिन भएको जानकारी दिनुभयो ।

राजनीतिज्ञ देवेन्द्र प्रधानले उक्त स्थानमा स्थापना भएको केवलकारले त्यहाँको विकास निर्माणमा समेत सहयोग पुग्ने र पर्य

तपाईको प्रतिक्रिया