Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – संसदमा प्रधानमन्त्रीको निर्वाचनमा मतविभाजन प्रक्रिया शुरू भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको एक्लो उम्मेद्वार भए पनि संसदमा मत विभागन प्रक्रिया सुरू भएको छ ।

सदनमा हुन्छ, हुन्न भन्ने आधारमा मतदान हुने सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।  सभामुखले आदेश दिनु पूर्व नै सचिवालयका कर्मचारीले घण्टी बजाएर मत विभाजन प्रक्रिया सुरू हुन लागेको जनाउ दिएका छन् ।

प्रधानमन्त्रीको समर्थकहरुले आफ्ना धारणा राखिसकेपछि सभामुखले नियमावलीको ४९ को ५ बमोजिम बहमुतबाट पारित हुने व्यवस्था रहेको भन्दै निर्णयार्थ मतविभाजनद्धारा हुने बताउनुभयो ।

मतविभाजन अगावै बाहिर रहेका सांसदलाई भित्र पस्न पाँच मिनेटको समय दिन घण्टी बजाइएको हो । त्यसपछि सभामुखको दायाँ पक्षको लविमा समर्थनमा रहने र वायाँ पक्षको लविमा विपक्षमा मतदान गर्नेका लागि व्यवस्था गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया