Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – प्रधानमन्त्री चुनाव एक मात्र उमेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लो उमेद्वार भएपनि आफू सन्तुष्ट र खुसी नभएको बताउनुभयो ।

व्यवस्थापिका संसदमा आफ्नो उमेदवारी बारे जानकारी गराउँदै प्रचण्डले सहमति हुन नसकेकाले आफू खुसी नभएको बताउनुभएको हो ।  एक मात्र उमेदवार भएपनि त्यसमा एकता नभएकाले सन्तुष्ट नभएको उहाँको भनाई छ ।

तर एमालेको निर्णयलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । खोजे जस्तो राष्ट्रिय सहमति नभएको, केही आशंकाहरु उब्जेका उहाँको भनाई छ । अहिले सहमति नभएपनि प्रधानमन्त्री भइसकेपछि मुद्दाहरुमा सहमति कायम गराउने उहाँको भनाई छ ।

‘मैले राष्ट्रियतामा जोड दिए । प्रतिपक्ष हुँदा पनि राष्ट्रियतामा जोड दिएको थिए । तर सम्भव भएन’ प्रचण्डले भन्नुभयो ‘एकतामा जोड दियौं । आवश्यकता छ भनेपनि त्यो हुन सकेन ।’

तपाईको प्रतिक्रिया