Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

prachanda final

काठमाडौं – प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को व्यक्तिको उम्मेद्वारी नपरेपछि भोली बुधबार हुने निर्वाचनमा प्रचण्ड प्रधानमन्त्री हुने पक्कापक्की भएको छ । राजनीतिक जोड-घटाउमा कुनै प्रलय नभए प्रचण्ड देशको ३९ औं प्रधानमन्त्री बन्ने निश्चित भएको छ । तर, संसदीय व्यवस्था अनुरुप प्रधानमन्त्री बन्नका लागि मतदान भने अनिवार्य गर्नु पर्नेछ ।
प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार अपरान्ह ४ बजेसम्मको समयसिमा तोकिएको थियो । सो समयसम्ममा प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निर्वाचनमा एमालेको तर्फबाट सुभास नेम्वाङले उम्मेद्वारी दिने हल्ला चलाइएपनि एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने निर्णय गरेको छ । एमालेले विपक्षमा मतदान भने गर्ने निर्णय गरेको छ ।
बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको लागि निर्वाचन हुनेछ । प्रधानमन्त्रीमा निर्वाचित हुन प्रचण्डलाई २८८ मत आवश्यक पर्छ । संसदमा अहिले ५९५ सांसद छन् ।

तपाईको प्रतिक्रिया