Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आव २०७२/७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट (एमआरपी) राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो ।
विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए ।

तपाईको प्रतिक्रिया