Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

singati

दोलखा – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबैभन्दा पहिला अनुदान रकम वितरण गरेपछि चर्चामा रहेको दोलखा जिल्लाको भूकम्प प्रभावित गाउँ सिंगटीमा पहिरो गएको छ ।
भूकम्पले थिलथिलो बनेको सिंगटीमा पुनर्निर्माण हुने क्रम जारी रहँदा एक्कासी आएको पहिरोले त्यहाँका स्थानीय त्रसित बनेका छन् । गय राति गएको पहिरो पछि अहिले त्यहाँका स्थानीयहरुले घर छाडेर अन्यत्र बस्न थालेको बताइएको छ । गाउँ माथिका केही भागहरु लगातारको बर्षासगैँ बग्न थालेपछि दर्जन बढी परिवारले घर छाडेका हुन्। पहिरोले सिगँटी बाट माथिल्लो तामाकोशी जलबिद्युत आयोजना स्थल पुग्ने प्रवेश मार्ग समेत अवरुद्ध पारेको छ । यस्तै सिगँटी बजारमा बिद्युत आपुर्ती बन्द भएको छ ।
पहिरो हटाउने प्रयास भएपनि सकिएको छैन । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही भन्नुहुन्छ – ‘माथीबाट लगातार झरिरहेको पहिरो नियन्त्रण नभएका कारण पन्छाउन नसकिएको हो । उहाँले माथिल्लो भिर नै बगेर आउन सक्ने खतरा रहेको बताउनु भयो ।
गत बर्षको बैशाख २९ मा दोलखा केन्द विन्दु भएर गएको भूकम्पको शक्तीशाली पराकम्पले सिगँटी बजारमा ठूलो क्षति पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया