Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Samsad

काठमाडौं – सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आगामी बुधबार निर्वाचन हुने भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गर्नु भएको छ । आज बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजे बैठक बोलाउनु भएको छ । निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख घर्तीले निर्देशन समेत दिनु भएको छ ।
यसैबीच, व्यवस्थापिका संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जसअनुरुप प्रधानमन्त्रीका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ भने बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया