Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सल्लेरी सोलुखुम्बुमा राहदानी बनाउनेको संख्या झण्डै ५८ प्रतिशतले घटेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ मा जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ४ सय ३७ जनाले राहदानी बनाएकोमा आथिर्क वर्ष ०७२/०७३ ४ हजार ७ सय ६४ जनाले मात्र बनाएका छन् ।

राहदानी बनाईसकेपछि १० वर्षसम्म म्याद रहने भएको राहदानी बनाउनेको संख्या घटेको हुन सक्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पंकज भुर्तेलले बताउनुभयो ।

नागरिकता बनाउनेको संख्या भने झण्डै दुई गुणाले बृद्धि भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा ३ हजार ८ सय ८८ जनाले नागरिकता बनाएकोमा आर्थिक वर्ष ०७२/०७३ मा ६ हजार ५ सय ७१ जनाले नागरिकता बनाएका छन् ।

आर्थिक वर्ष ०७२/०७३ मा जिल्लाको विभिन्न स्थानमा घुम्तिशिविर सञ्चालन गरिएकाले नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया