Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ । रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ ।

बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति जाने चलन छ ।

यसैबीच सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आज सार्वजनिक बिदा दिएको जनाएको हो ।

तपाईको प्रतिक्रिया