Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – केपी ओली नेतृत्वको सरकारलाई संसदमा अविश्वासको प्रस्ताव लगेर हटाएपछि नयाँ समिकरण बनाउन काँग्रेस र माओवादी केन्द्रले गृहकार्य थालेसँगै दुवै पार्टीभित्र अब बन्ने सरकारमा को–को मन्त्री बन्ने भन्ने चर्चा सुरु भएको छ । Mantri Final

राष्ट्रपति बिद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि पहल गरेपनि सहमतीय सरकार बन्ने सम्भावना देखिदैन् । संसदको प्रमुख ठुलो दल नेपाली काँग्रेस र तेस्रो ठुलो दल माओवादी केन्द्र मिलेर सरकार गठनको तयारीमा जुटेसँगै २ पार्टीभित्र मन्त्री बन्नका लागि हानाथाप हुन थालेपछि नेतृत्व पक्ति पनि दबाबमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको काँग्रेसमा पनि पार्टीभित्रबाट मन्त्रीमा क कसलाई पठाउने बारे छलफल सुरु भैसकेको छ । सरकार परिवर्तनको नयाँ तरगं र मन्त्री बन्नका लागि हाल सांसदहरु काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता कृष्ण सिटौलाका घरमा पुगेर मन्त्रीका लागि लविङ थालिसकेका छन् ।

राजनीतिका सशक्त खेलाडी मानिने काँग्रेस सभापति देउवाले महाधिवेशन पछि उपसभापति, महामन्त्री, सह–महामन्त्री र केही केन्द्रीय सदस्य मनोनीत गर्न अझ बाँकी छ । देउवाले अब पार्टीमा आफू निकट केही नेतालाई मन्त्री र केहीलाई पार्टीमा सेट गर्ने प्लान त बनाउनुभएको छ । तर पार्टी वरिष्ट नेता रामचन्द्र पौडेलले पार्टीमा एकलौटी गर्न नमिल्ने र आफूलाई पनि करिब ४० देखि ४५ प्रतिशत हिस्सा मागेकाले देउवालाई त्यति सहज भने देखिन्न । पहिला आफू नेताका रूपमा रहँदा सभापतिले एकलौटी गरे भन्ने तर अहिले आफू नै सभापति रहँदा झन् एकलौटी गर्न खोज्न नमिल्ने पौडेल पक्षको दाबी छ । माओवादी र काँग्रेबीच भएको सहमति अनुरूप काँग्रेसले १२ र माओवादीले ८ मन्त्रालय पाउनेछन् । काँग्रेसले गृहसहित १२ र माओवादीले अर्थ सहित ८ मन्त्रालय पाउने लगभग पक्कापक्की छ । यसबाहेक मोर्चा केन्द्रित दललाई पनि सरकारमा ल्याएर मन्त्रालय दिने योजना २ दलले बनाएका छन् । काँग्रेसमा देउवाले रामचन्द्र, सिटौला र खुमबहादुरलाई पनि मिलाउनुपर्ने देखिन्छ ।

स्रोतका अनुसार काँग्रेसबाट कृष्ण सिटौला, बिमलेन्द्र निधि र अर्जुननरसिंह केसी मध्य एक जनाले पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने सम्भावना छ । १३ औँ महाधिवेशनमा सिटौलाले अन्तिममा देउवालाई सहयोग गरेका कारण उँहाको नाम पनि चर्चामा छ । सिटौलाले द्वन्द्वकालमा पनि गृहमन्त्री चलाएकाले उहाँलाई अनुभवी मानिएको छ । यद्यपि सिटौला मन्त्री पदमात्र भन्दा पनि सरकारको नेतृत्व गर्ने गरी सरकारमा जान चाहेको बताइएको छ ।  १३ औँ महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीमा पराजय भोगेका केसी मन्त्री बन्न इच्छुक देखिएकाले उँहाले उपप्रधान तथा गृहसहित सरकार सहभागी हुने उनी निकट स्रोतको दाबी छ । यसबाहेक सरकारमा नेतृत्वका लागि चर्चामा रहेका अन्य नेताहरूमा देउवाका विश्वास पात्र मानिने बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठको पनि चर्चा छ । तराईमा अझ पूर्ण साम्य हुन नसकेको आन्दोलनलाई मिलाउन निधिलाई मन्त्री बनाउने चर्चा चुलिएपनि उँहालाई पार्टीमा उपसभापति वा महामन्त्री दिएर चर्चामा रहेका मध्य एकलाई अघि सार्न सक्ने सम्भावना रहेको एक नेताले समुद्रपारिलाई जानकारी दिनुभयो ।

त्यसो त देउवा निकटका मानिएका र पार्टी फुट्दा उपसभापति बनिसकेका श्रेष्ठ पनि मन्त्रीमा सहभागी हुन इच्छा देखाईएको बुझिएको छ । यसबाहेक देउवा निकटबाट प्रकाशरण महत, रमेश लेखक, ज्ञानेन्द्र कुमार कार्की, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, ध्यानगोबिन्द रञ्जित, पद्यमनारायण चौधरी, पूर्णबहादुर खड्का, अर्जुनप्रकाश जोशी लगायतको चर्चामा छ । यस्तै, पौडेल पक्षबाट शेखर कोइराला, नबिन्दराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, सुरेन्द्र आचार्य, धनराज गुरुङ लगायतको चर्चा छ । यी मध्ये आचार्य पौडेलका आफन्त समेत हुन् । यसैगरी सिटौला पक्षबाट भीमशेन दास प्रधान, गगन थापा लगायतको चर्चा छ । यसैगरी पार्टीमा बलियो प्रभाव पार्ने खुमबहादुर खड्का पक्षबाट पनि मन्त्री बन्नेमा खड्का पत्नी शिला खड्का, खड्काका विश्वास पात्र शंकर भण्डारी लगायतको नाम आएको छ । मन्त्री पदका लागि धेरै आकाक्षी रहेकाले राज्यमन्त्री र सहायकमन्त्री समेत राखेर मिलाउने कुरो पनि उठ्न थालेको छ । यद्यपि, प्रचण्ड र देउवाले यसअघि नै ओलीले जस्तो जम्भो मन्त्रीमण्डल नबनाउने घोषणा गरिसकेका छन् ।

यसैगरी सरकारको नेतृत्वमा देखिएको माओवादी केन्द्रबाट पनि मन्त्री बन्नका लागि दौडधुप देखिएको छ । हालसालै मात्र पार्टी एकता भएको परिस्थिीतिमा मन्त्रीका लागि सुची छनोट गर्न नेतृत्वलाई दबाब परेको प्रस्ट देखिन्छ । माओवादीले पाउने पक्का भएको अर्थमन्त्रीका लागि कृष्णबहादुर महराको नाम चर्चित रहेको छ । यस्तै जर्नादन शर्माले पनि मन्त्रीका लागि इच्छा गरिरहनुभएको छ । उँहाले बिशेषत गृहमन्त्रीका लागि इच्छा देखाएपनि अन्य मन्त्रालय पाएपनि नछाड्ने बुझिएको छ । नयाँ अनुहार छान्ने कसरतमा नेतृत्व लागेको हल्ला बाहिर आएपनि हालसालै सरकारबाट बाहिरिएका गिरिराजमणी पोखरेल, रेखा शर्मा, हरिबोल गजुरेलको नाम समेत चर्चामा छ । यी बाहेक माओवादी केन्द्रबाटै राम कार्की, हितराज पाण्डे, रामनारायण बिडारी, महेन्द्र बहादुर शाही, सिता नेपाली लगायतको नाम चर्चामा छन् ।

तपाईको प्रतिक्रिया