Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु हुनुका साथै ३१ जना घाइते र १५ जना बेपत्ता भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा आंशिक रूपमा क्षति पुगेको छ । प्यूठानमा ३१, गुल्मीमा सात, बाग्लुङमा छ, पाल्पा र रोल्पामा चार/चार, मकवानपुरमा तीन, अर्घाखाँचीमा दुई, झापामा दुई, रुपन्देहीमा दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एक/एक जनाको मृत्यु भएको छ । प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा एक/एकजना घाइते भएका छन् । hahaa

यसैगरी, प्यूठानमा पाँच, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा एक/एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई डुङ्गाबाट उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया