Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ । Photo20150528Bhaktapur2

प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ । प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ ।

अनुदान रकम व्यवस्थापन गर्न सरकार र दातृ निकायको १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ ।

बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया