Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – लगातारको वर्षापछिको बाढीपहिरोको कारण देशभर गरी २४ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता छन् । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दजनौं बस्ती पहिरोको जोखिममा परेका छन् । ३ दिनदेखीको बर्षाका कारण पहाडी क्षेत्रका खालानाला बढेकोले तराइमा पनि डुवानको खतरा बढेको छ ।

प्यूठानमा ८ जनाको ज्यान गयो, ७ जना बेपत्ता

प्युठानमा सोमबार रातिदेखिको अबिरल वर्षाका कारण ज्यान जानेको संख्या ८ पुगेको छ । १० जना बेपत्ता भएका छन् । झिमरुक नदीले बगाएर ल्याएका चार शव भेटिएको छ । पूजामा घर भत्किएर पुरिएका ३ जनालाई निकालिएको छ । त्यसैगरी लुङमा ४ जना बेपत्ता छन् । खवाङ गाविसमा ३ जना बेपत्ता भएका छन् । लुङ–६ बाहाने बजारमा घर भत्किँदा शोभा रिजाल पुरिएर बेपत्ता भएकी छन् ।

बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी बस्ने अन्दाजी २५ वर्षकी काली परियार, किरण थापा र अरु दुई जना पुरिएका छन् । प्युठान नगरपालिका–१३ सापडाँडामा ४ वटा घर भत्किएका छन् । स्याउलिवाङ–५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा छन् । गाउँलेको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । पहिरोका कारण अर्खा–६ का ३० घर पनि उच्च जोखिममा छन्  ।

गुल्मीमा ५ जनाको ज्यान गयो  दर्जनौ घर बगे

पहिरोले पुर्दा गुल्मीको हस्तिचौर गाविस १ मल्दीमा एकै परिवारका ३ र बिसुखर्क गाविसमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । हस्तिचौरकी ४९ वर्षीय तुलसी  दर्जी, उहाँकी आमाजु ६२ वर्षीय कालीका दर्जि र बुहारी १९ वर्षीय अस्मिता तथा बिसुखर्कमा गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीय छोरी सिमानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाईते हुनु भएको छ ।  बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जन भन्दा बढी घर गोठमा समेत क्षती पुगेको छ ।

पाल्पामा ४ जनाको ज्यान गयो

पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित ४ जनाको ज्यान गएको छ । पहिरोले गोठाडी ५ हात्तीलुङ्गको नजिकमा पर्ने डमारमा तामबहादुर कनौजे मगरको घर पुरिदा उहाँसहित श्रीमती खगीसरा र १० वर्षिया छोरी यसोधाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाकै झुम्सामा पहिरोमा परी तिलोत्तमा उच्च माबिको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको छ । पहिरोले त्यहाँका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको ३ जनाको ज्यान गयो

 मकवानपुरको भिमफेदी गाबिस ५ सोलाभन्ज्याङमा पनि पहिरोले पुरीएर विहान एकै घरका तीन जनाको ज्यान गएको छ । सोलाभन्ज्याङका २५ बर्षिय टेकबहादुर रुम्बा, उहाँकी श्रीमती २३ बर्षिय पार्बती र छोरा ५ बर्षिय बिकासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।

पूर्वमा ३ जनाको ज्यान गयो, १० जना बेपत्ता

क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका अनुसार लगातारको वर्षाका कारण पूर्वमा खोलाले बगाएर ३ जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन् । एक जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा ८ जना पुरुष र २ जना महिला रहेका छन् । भने ग्रामिण क्षेत्रका सडक कल्र्भट र पुल बगाँउदा आवात जावतमा समेत समस्या भएको छ ।

लगातारको वर्षाले वक्राहा खोलामा आएको बाढीले रंगेली–उर्लाबारी सडकखण्डको यातायात अवरुद्ध भएको छ । डाइनिया ७ स्थित भेडुवामा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । दक्षिणपूर्वी मोरङको डाइनिया–७ स्थित भेडुवानथान नजिकको मुनाबक्राहा खोलाले कालोपत्रे सडक बगाएपछि यातायात अवरुद्ध भएको हो मोरङ्गका प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनु भयो । सुनसरी खोलामा आएको बाढी गाँउ पस्ता सुनसरीको भोक्राहा, नरसिंह, बसन्तपुर घुस्की जल्पापुर, रामनगर भुटाहा लगायतका गाबिसहरु जलमग्न भएका छन् । सुनसरीमा ५ सय भन्दा बढि घरमा पानी पसेको छ । सुनसरीमा ३० भन्दा बढि परिवार पानीका कारण बिस्थापीत भएर आफन्तको शरणमा गएका छन् ।

बिराटनगरको कन्चनबारीबासीले बिहान एक घण्टा यातायातका साधान अवरुद्ध पारेका छन् । निर्माणधिन मुख्य सडकको दायाँबायाँबाट पानी पास हुन नपाई बस्ती डुवानमा परेको भन्दै निकासको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । बर्षाको पानी निकास हुन नपाउँदा बिराटनगरको कंचलनबारी क्षेत्रका सयवटाजति घरमा पानी पसेको छ । पानी जमेको कारण ओहोरदाहोर गर्न नैं स्थानीयलाई समस्या भएको छ ।

अर्घाखाँचीमा खोलाएर बगाएर १ जनाको ज्यान गयो

ठाडामा पहिरोले घर बगाउदा एक जनाको ज्यान गएको छ । प्रेमबहादुर घर्तिको घर पहिरोले बगाउदा जेठी छोरी १७ वर्षिया शारदाको ज्यान गएको हो । कान्छी छोरी १६ वर्षकी बालकुमारीको भने उद्धार गरिएको छ । प्रेमबहादुरको २ वटा गोठ बगाउदा पशुचौपाया पनि मरेका छन् । यस्तै सन्धिखर्कमा बागी खोलाले बताएर पदमबहादुर बिक बेपत्ता भएका छन् ।

बागलुङ अस्तव्यस्त : एकको मृत्यु, ३ बेपत्ता, १७ घर बगायो

पहिरोमा पुरिएर बागलुङमा एक जनाको ज्यान गएको छ । तीन जना पहिरोमा पुरिएका छन् । १७ वटा भन्दा बढी घरहरु बाढीले बगाएको तथा पहिरोले पुरेको छ । बागलुङको पश्चिम राजकुटमा एक बालिकाको ज्यान गएको छ । पहिराले घर भत्किदा राजकुट–७ कुडुलाका सन्तबहादुर तामाङका ८ वर्षे छोरी तुजी तामाङको ज्यान गएको हो । पहिरोमा परि तामाङका श्रीमती सुशिला र भतिजा शिशिर तामाङ घाइते भएका छन् । राजकुट–८ मा दुर्गा दुम्चन तामाङको घर पनि पहिरोले बगाएको छ ।

त्यस्तै दर्लिङ– ३ मा एक घर पहिरोले पुरिएको छ । स्थानीय हर्कबहादुर बुढा मगरको घर पहिरोले भत्किदा उहाँका श्रीमती, छोराछोरी पुरिएका छन् । बागलुङ–गुल्मी जोड्ने ग्वालीचौरको झोलुङ्गे पुलसहित दर्जनौ पुल पनि बगाएको छ । दर्जनौ घर उच्च जोखिममा रहेका छन् । बुर्तिबाङ र आसपासका डेढ दर्जन भन्दा बढी लघु जलबिद्युत आयोजना अवरुद्ध बनेका छन् । लघ विद्युत आयोजना बन्द हुँदा स्थानीय स्तरमा सञ्चालित दुई एफएम पनि बन्द भएका छन् ।

रुपन्देहीमा तिनाउले पुल बगायो

रुपन्देहीमा तिनाउ नदीमा आएको बाढीले बुटवलको देवी नगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुल बगेर बुद्धनगरको बस्तीमा पसेको प्रहरीले जनाएको छ । त्यस्तै प्रगतीनगरका ६ वटा घर पनि तिनाउ नदीले बगाएको छ । यस्तै रुपन्देहीमै खोलाले बगाउँदा एक दम्पतीको ज्यान गएको छ । स्थानीय कञ्चन खोलाले बगाउदा सालझण्डी १ फुलबारीका ६० बर्षिय छबिलाल गाहा र उहाँकी श्रीमती ५५ बर्षिय हुमकलीको ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

पोखरामा १ को ज्यान गयो १ सय ३५ घर जोखिममा

बालुवा निकाल्न गएकी पोखरा—२७ हेम्जाको नमुना टोल बस्ने मोतीकला छन्त्याललाई सेती नदीले बगाएको छ । सेती नदीमा आएको बाढीले पोखरा–१० रामघाटको सुकुम्बासी बस्तीका ८ घर डुबानमा परेका छन् । त्यहाँका सुकुम्बासीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । यसैगरी कास्कीको हेम्जामा याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा १ कसेरीका ३५ घर जोखिममा परेका छन् ।

कपिलवस्तुमा बाडगंगाको वितण्डा

 बाडगंगा नदीमा बाढी आएपछि २ सय घर बढी डुवानमा परेका छन् । घर डुवानमा परेपछि ज्यान जोगाउन रुखमा चढेका ७ जनाको उद्धारको प्रयास भैरहेको छ । कपिलवस्तुमा ३० वर्ष यता कै ठूलो बाढी आएको स्थानीयबासिन्दाले बताएका छन् ।

रामेछापमा ५ घर पुरिए

रामेछापको भुजी गाविसमा पहिरोले ५ घर पुरिएको छ । पहिरो खसेको थाहा पाएपछि घरमा रहेका सबैजनाले भागेर ज्यान जोगाएका छन् । भाग्ने क्रममा स्थानीय ६७ वर्षीय लिलामाया श्रेष्ठ घाइते हुनुभएको छ । पहिरोका कारण एक दर्जन भन्दा धेरै घर जोखिममा परेका छन् । पहिरो खसेपछि सारीगाउँका ४० घरपरिवार राती नै सुरक्षित ठाउँतर्फ लागेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मेची राजमार्ग अबरुद्ध

पाँचथरको फिदिम नगरपालीका २ मा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । मेची फिदिम नगरपालीका २  डुम्रेमा पहिरो जाँदा  मेची राजमार्ग  हुँँदै चल्ने इलाम झापा ताप्जेजुङसम्म जाने गाडी रोकिएका छन् ।

तपाईको प्रतिक्रिया