Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उहाँको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।

सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गर्नुभएको थियो । त्यसपछि सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्या्दित भाषा प्रयोग गरेको भनी आलोचना गर्नुभएको थियो ।

त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्या्दित भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया