Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सिरहा – सिरहामा कमला नदीले बगाएर एकजनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । खोला तर्दै गर्दा कमला नदीले जगाएर महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगीको ज्यान गएको हो ।

साउने सोमवारको मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा धनुषाको चिसापानीबाट कमला नदीले बगाएको हो ।
खोलाले बगाएका योगीको शव भेटिएपनि बाँकि तीन जना बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख उपरिक्षक श्यामसिंह चौधरीले बतउनुभयो ।

बेपत्ता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया