Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – मुलुकमा विभिन्न समयमा हुने बन्द, हड्ताल र नाकाबन्दीको कुनै पर्वाह नगरी साझा यातायात सुरक्षासहितको सेवा दिएर जनताको सारथी बन्दै आएको छ । बन्द हड्तालका बेला अन्य निजी सवारी साधन ठप्प हुँदासमेत जोखिम मोलेर साझाले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ ।

sajha yatayat

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दमा साझाले आफ्ना १६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा बिहानैदेखि निर्वाध सेवा दिइरहेको छ । यात्रु र बसको सुरक्षाका लागि बन्दका बेला बसभित्र प्रहरी बसालेर सेवा दिँदै आएको साझाका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

केही समयअघि नाकाबन्दीका कारण इन्धन अभाव भएर सहज रूपमा यातायातका साधन सञ्चालन हुन नसक्दा पनि साझाले सेवा दिएको थियो । लामो समय बन्द रहेर २०७० सालदेखि पुनः सञ्चालनमा आएको साझा यातायात सङ्कटका बेला आमनागरिकको सहयोगी बन्दै आएको छ ।

साझा बसले विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारण शुल्क लिँदै आएको छ ।

तपाईको प्रतिक्रिया