Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

झापा  – अविरल बर्षा पछि आएको बाढीका कारण पूर्वको जनाजिवन प्रभावित भएको छ ।  बाढीका कारण झापा, सुनसरी, सप्तरी, मोरङ जनकपुर लगायतका जिल्लाको जनजिवन कष्टकर बनेको छ ।

रातभर परेको अविरल वर्षाका कारण सुनसरीको विभिन्न खोलामा आएको बाढीले बस्तीहरु डुबानमा परेका छन् । वर्षाकै कारण धमुना खोलामा आएको बाढीका कारण जिल्लाको अमडुवा विभिन्न वडाका ६३ डुबानमा परेका छन् । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला ५६ घर डुबानमा परेका छन् ।

jhapa

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कका एअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा ९ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ । घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ ।

यसैबीच आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जनाकारी दिनुभयो । यसैगविचलगातारको वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका जलमग्न भएको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।

पानीको निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ ।पानीले उपमहानगरपालिकामा रहेका हुलाक , यातायात लगायतका सरकारी कार्यालय डुबानमा परेको छ । यसैगरी र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।

यसैबीच, सिमा क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीयले सप्तरीको तिलाठी नजिक दसगजामा बाध बनाउन सुरु गरेका छन् । भारतीय पक्षबाट बनाईएको सो बाधका कारण नेपाल तर्फ एकदर्जन गाबिस डुबानमा पर्ने गरेको छ ।यस्तै झापा र मोरङका स्थानीय नदिमा आएको बाढीले विभिन्न स्थान आज पनि डुबानमा परेका छन् ।

 झापाको विर्तामोडस्थित अन्दुवा खोलामा आएको बाढीले विर्तामोड बजार आसपासका २ सय बढी घर डुबाएको छ । यसैबीच, आज पनि तराई र चुरे क्षेत्रमा भारी बर्षा हुने भएकाले पूर्वी तराईका जिल्लामा उच्च सर्तकता अपनाउन जल तथा मौसम विभागको बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया