Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Taxi aagajani

काठमाडौं – विप्लब माओवादीले आयोजना गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ ।
भाडाका सवारीसाधन खासै चल्न नसकेपनि निजी सवारी भने अधिकांस चलेको देखिन्छ । मुख्य बजारहरु आंशिक रुपमा खुलेका देखिन्छन् भने साना पसलहरु खुलेका छन् । चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको कारण सवारी साधन चल्ने क्रम विस्तारै बढ्दै गएको छ । सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले नेपाल बन्दको आयोजना गरेको हो । बन्दको प्रभाव देशैभर सामान्य परेको छ ।
यसैबीच, विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् ।
बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो ।
ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

तपाईको प्रतिक्रिया