Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले लिखित राजीनामा दिनुभएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा राष्ट्रपतिले बर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गर्नुभएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया