Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सन्धी सम्झौता नयाँ सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ ।

‘अन्तर्राष्ट्रिय सन्धी र सम्झौतालाई सम्मान गरेर कार्यान्वन गरिनेछ’संसद्मा पेश भएको अविश्वासको प्रश्तावमाथि बोल्दै सभापति देउवाले भन्नुभयो  ‘राष्ट्रको स्वार्थ पूरा गर्न दुवै देशलाई मिलाएर अघि बढ्नु पर्छ । शंका पैदा गर्ने गरी काम गर्नु हुन्न । विदेशीको पैसा र करदाताले दिएको पैसा पार्टीलाई दिएको होइन, देशको विकासमा खर्च गर्नुपर्छ ।’

पैसा पार्टीको कार्यकर्तालाई बाड्न नहुने पनि देउवाले बताउनुभयो । राष्ट्रको ढुकुटी बाँड्ने ठाउँमा पार्टीका कार्यकर्ता भर्ना नगर्ने उहाँको भनाई छ ।

आफ्नो पार्टीलाई मात्र धनी बनाउने काम गर्नै नहुने उहाँले बताउनुभयो । न्यायपालिका स्वतन्त्र र निश्पक्ष छैन, न्यायपालिकामा राजनितीक हस्तक्षेप नरोकिएसम्म गरिवले न्याय नपाउने सभापति देउवाको भनाई छ ।

त्यस्तै कर्मचारीतन्त्र पनि हस्तक्षेपमुक्त हुन पर्नेमा देउवाले जोड दिनुभयो । नेपालको बजेट लागु भएको छैन । यो सबै कारण राजनीतिक हस्तक्षेप भएको उहाँको बुझाई छ । त्यस्त्ै सभापति देउवाले संविधान कार्यान्व्यनको लागि स्थानिय तहको चुनाव आवश्यक रहेको पनि औल्याउनुभयो ।

तपाईको प्रतिक्रिया