Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौ – नेकपा एमालेका झलनाथ खनालले सरल र स्वाभाविक ढङ्गबाट सरकार परिवर्तन हुनुपर्ने मान्यतामा आफ्नो पार्टी रहेको बताउनु भएको छ ।

व्यवस्थापिक संसदमा प्रधानमन्त्री विरुद्ध परेको अविश्वासको प्रस्ताव विरुद्धमा आफ्नो धारणा राख्दै नेता खनालले देशलाई अस्थिरतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सदनमा बहुमत हुनेले सरकार सञ्चालन गर्छ, अल्पमतमा परेपछि छाड्नुपर्छ उहाँको तर्क थियो ।

मुलुकले राष्ट्रिय सहमतिको अपेक्षा गरिरहेको छ, २०७४ माघ ७ गतेभित्र पाँच निर्वाचन गर्नुपर्ने गहन दायित्व भएकाले देशका सबै राजनीतिक दल मिलेर चुनाव गर्नु छ भन्दै उहाँले अविश्वासको खाडल गहिरो पारेर नभई त्यसलाई पुरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलमा लोकतान्त्रिक संस्कृति विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले संयुक्त सरकार सञ्चालनको संस्कृति विकास गर्न आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया