Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा सत्ता अस्थिरता भन्दा पनि ब्यवस्था अस्थिरता भएको बताउनुभएको छ । संसदमा अविश्वासको प्रश्तावमाथि बोल्दै नेता पौडेलले  प्रधानमन्त्रीको बहिर्गमन र आगमन स्वभाविक भएपनि ब्यवस्था विर्सन नहुनेमा जोड दिनुभयो ।

Joj:yflksf ;+;bsf] z'qmaf/sf] a}7sdf cfkmgf] dGtJo JoQm ub}{ g]kfnL sfFu|];sf pk;efklt /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;

प्रधानमन्त्री ओलीलाई सत्ता बाहिर रहँदा पनि संविधान कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै नेता पौडेलले कसैले कसैलाई चिढाएर फाइदा नहुने बताउनुभयो । ‘सरकारमा प्रधानमन्त्री आउ जाउ हुन्छन्, त्यसमा केही छैन, साथीहरु  दोहोर्‍याएर प्रधानमन्त्री भएका छन्, मलाई केही छैन तर इगो राख्नुभएन’ नेता पौडेलले भन्नुभयो ।

सहमतीको लागि आफूले चा बुँदे प्रस्ताव राखेपनि अस्विकृत भएकोमा गुनासो राख्दै नेता पौडेलले एमाले सत्ता बाहिर हुँदा पनि भित्र हुँदा पनि संविधान कार्यान्वयन गर्ने कुरामा सकारात्मक हुने आसा लिएको बताउनुभयो ।

त्यस्तै राष्ट्रपतिलाई विवादमा ल्याउनु पर्ने कुनै कारण नभएको नभएको बताउँदै उहाँले राष्ट्रपति गणतन्त्र नेपालको खम्बा भएको बताउनुभयो । तर राष्ट्रपतिले सीमा नाघ्न नहुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया