Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं –नेपाली कांग्रेसका नेता रामशरण महतले केपी ओली नेतृत्वको सरकार आफ्नै बोझले ढलेको बताउनुभएको छ । अविश्वासको प्रस्तावमा भएको छलफलमा बोल्दै नेता महतले आफूले यो सरकार बनेपछि सरकार आफ्नै बोझले ढल्ने बताएको स्मरण गर्दै आज त्यो सत्य सावित भएको जिकिर गर्नुभयो ।

ram saran

उहाँले संसदमा आफ्ना साथीहरुले छाडेर गइसके र आफू अल्पमतमा परेपछि प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग खोल्दा प्रधानमन्त्रीलाई पनि राम्रो हुने बताउनुभयो ।

त्यस्तै चीनसँगका नाका खोलेको भनेर सरकारले नागरिकलाई झुक्याएको भन्दै महतले प्रश्न गर्नुभयो, ‘चीनको कुन नाका खोल्यो यो सरकारले ? रसुवागढी नाका अहिले खुलेको हो?’

सरकारले भारतलाई तह लगायौं भन्दै हल्ला गरेर हल्का कुटनीतिलाई प्रसय दिएको भन्दै नेता महतले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्न सरकार असफल भएको आरोप लगाउनुभयो ।

चरम गणतन्त्रबादी, चरम राजाबादी र चरम संघीयता विरोधी मिलेर बनेको ओली सरकार चाँडै ढल्ने आफ्नो अनुमान सही रहेको कांगे्रस नेता रामशरण महतको ठोकुवा छ । आफू स्थिर सरकारको पक्षमा भएपनि वर्तमान सरकारबाट विकास र सम्बृद्धि असम्भव भएकाले नयाँ सरकार गठन गर्न बाध्य उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया