Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको माग सम्बोधन गर्दै आफू नयाँ आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

puspa

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक एकता सुदृढ गरेर मुलुकको राष्ट्रियतालाई समृद्ध गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले कोही कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने स्पष्ट पार्नुभयो ।

नेपालको संविधानको प्रभावकारी कार्यान्वयन नै आजको प्रमुख कार्यभार हो भन्दै नेता दाहालले भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै राष्ट्रिय समस्या समाधान गर्न नयाँ बन्ने सरकार लागिपर्ने उल्लेख गर्नुभयो ।

स्मृति सभामा नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायतले नेकपा स्थापनादेखि कम्युनिस्ट आन्दोलनका क्रममा कर्माचार्यले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया