Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेकपा (एमाले)का वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको आज सदनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “मलाई साँच्चिकै अप्ठेरो लागिरहेको छ, प्रस्ताव पार्टीको अध्यक्षका विरुद्धमा छ, प्रस्तावमा घनिष्ठ मित्रले पहिलो हस्ताक्षर गर्नुभएको छ, मित्रलाई सधैँ सही सल्लाह दिँदै आएको छु ।”

bamdev gautam

माओावादी नेतालाई मृत्युको मुखबाट बचाउन आफूले धेरै भूमिका खेलेको स्मरण गराउँदै उहाँले दर्ता भएको अविश्वासको प्रस्तावमा भएका बुँदाले माओवादीप्रतिको आफ्नो विश्वासनीयतालाई कमजोर तुल्याएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्की संविधानको नायकका रुपमा उभ्याइएका संविधानसभाका तत्कालीन अध्यक्षले संविधानको अपव्याख्या गरेर सार्वभौम संसद्लाई तर्साउने काम गरेको भनी आलोचना गर्नुभयो । उहाँले भन्नुभयो–“अझै पनि नयाँ सरकार गठनको कुरालाई शङ्काको दृष्टिकोणबाट हेर्ने प्रवृत्तिबाट राजनीतिक सङ्क्रमणले निकास पाउन सक्दैन । ”

सोही पार्टीका रामनारायण बिंडारीले संविधानको व्याख्या एउटा उपधारा र धारा हेरेर मात्र होइन, संविधानका सिद्धान्त र भावनाका आधारमा हुनुपर्छ भन्दै नेपालको संविधानको धारा २९८ नयाँ सरकार गठनलाई पूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले मधेसीलाई विदेशी देखेर राष्ट्रभक्ति हुन सक्दैन भन्ने कुरालाई एमाले लगायत सरकारमा रहेका राजनीतिक दलले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा प्रभु साह, धर्मेन्द्र साह तेली, लोकमणि ढकाल र गङ्गा चौधरी सत्गौवाले प्रधानमन्त्री ओलीको व्यक्तिगत दम्भले अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारिएको धारणा राख्नुभयो । सत्तारुढ दल एमालेका डा राजन भट्टराई र पशुपति चौलागाईँले भने वर्तमान सरकारले माओवादी द्वन्दका समयमा गठन भएको जनसरकारले गरेको निर्णय कार्यान्वयन गरेन भनेर प्रधानमन्त्रीविरुद्धमा अविश्वासको प्रस्ताव ल्याइएको हो भनी प्रश्न गर्नुभयो ।

नेकपा(माले)का अइन्द्रसुन्दर नेम्वाङले सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्रको जिम्मेवारीमा रहनुभएका माओवादी केन्द्रका अध्यक्षले अविश्वासको प्रस्ताव प्रस्तुत गर्नुपर्नेको औचित्य पुष्टि गर्न आवश्यक छ भन्नुभयो । बैठक जारी छ ।

तपाईको प्रतिक्रिया