Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुने बताउनुभएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको ३४ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ, लमजुङ– काठमाडौँ सम्पर्क समितिद्वारा आज यहाँ आयोजित ‘बिपी चिन्तन र नेविसङ्घ’ विषयको अन्तक्र्रियामा पूर्वअर्थमन्त्री डा महतले भन्नुभयो, “प्रजातान्त्रिक समाजवादको आर्थिक नीतिलाई अवलम्बन गरेका कारण देश बिस्तारै विकासको बाटोमा अगाडि बढेको छ, यो नेपाली काँग्रेसले अगाडि सारेको एजेन्डा हो ।”

ram saran

डा महतले नेपाली काँग्रेसको आर्थिक उदारवादको नीतिका कारण गाउँ गाउँमा मोटरबाटो, स्कुल, स्वास्थ्यचौकी पुगेको जिकिर गर्नुभयो ।  काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपालको राजनीतिक, शैक्षिक र सामाजिक आन्दोलनमा नेविसङ्घको ठूलो भूमिका रहेको बताउँदै यसको अधिवेशन समयमा नै हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद् चन्द्रबहादुर कुँवरले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटामा लैजानु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । नेविसङ्घ सम्पर्क समितिका अध्यक्ष किशोर पौडेल, पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईँ, केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे लगायतले नेविसङ्घभित्र देखिएको गुटउपगुटको अन्त्यका लागि पार्टी गम्भीर बन्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा काँग्रेस लमजुङ क्षेत्र नं १ का युवा नेता विष्णु धिताललाई एपेक्स विकास बैँकको कार्यकारी अध्यक्ष भएकामासम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया