Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

मोरङ –लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला आज बिहान बेतेनीको गाउँ तर्फ पसेको हो ।

bakraha

खोला गाउँ पस्दा गाउँका ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताउनुभएको छ । सो स्थानबाट यसअघि पनि दुई पटक खोला गाउँमा पसेको थियो । यस्तैगरी मधुमल्ला– ४ र ५ मापर्ने धप्पर टोलमासमेत खोलाको कटानले बाढी पस्न लागेकाले त्यहाँका स्थानीय बासिन्दा त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताउनुभयो ।

अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको तर उद्धारमा भने अविरल वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताउनु भयो ।

गत असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी तीन ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २०० भन्दा बढी घर डुबानमा परेका थिए । साथै सो क्षेत्रमा ३०० बिघा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया