Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Joj:yflksf ;+;bsf] z'qmaf/sf] a}7sdf cfkmgf] dGtJo JoQm ub}{ Pg]skf -dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले आफैँले निर्वाचित गराएका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुपरेको बताउनुभएको छ ।
उहाँले संविधान बनाउन राष्ट्रिय सहमतिको आवश्यकता बोध गरी सोह्रबुँदे सहमति भएको स्मरण गराउँदै संविधान जारीपछि ‘भद्र सहमति’का आधारमा सहमतिको सरकार बन्न नसकेको उल्लेख गर्दै नेपाली राजनीतिमा अब भद्र सहमतिको कुरा नगर्दा पनि हुने तर्क गर्नुभयो । अध्यक्ष दाहालले ओलीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय एकता र राष्ट्रिय सहमति हुन सकोस् भन्ने अपेक्षा गरिएको र अहिले अविश्वासको प्रस्ताव ल्याउँदा पनि सोही मान्यताबाट अघि बढेको स्पष्ट गर्दै विश्वास र अविश्वासको मत, सरकार बन्ने, भत्किने स्वाभाविक प्रक्रिया हो, यस खालको नियम हामीले पनि सिक्यौँ भन्नुभयो । उहाँले भन्नुभयो, “हरेक पार्टीका आफ्ना मान्यता र वर्चस्व राख्न चाहने अवस्था हुन्छ । यसलाई खेलको नियमका रुपमा बुझ्नुपर्छ । राष्ट्रका समस्या समाधान गर्न र राष्ट्रिय एकताका लागि सामूहिक सहकार्य हुन आवश्यक छ ।”
नेपालको विद्यमान राजनीतिक प्रक्रियामा आफ्नो पार्टी भिन्न परिवेशबाट आएकाले शान्ति प्रक्रिया कसरी अन्तिम निष्कर्षमा पुग्छ भन्ने चिन्ता आफूमा रहेको र मधेस तथा थारुवानमा अहिले पनि देखिएका समस्या समाधान गर्नु चुनौतीको विषय बनेको जनाउँदै त्यसबारे सत्तारुढ दलका बीचमा पनि कुरा राख्दै आएको स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै व्यक्तिगत कटुता नरहेको भन्दै उहाँले सरकारका नौ महिनाको कार्यकालमा काम गर्ने शैली र तरिकामा आफूहरुका बीचमा गम्भीर अन्तर रहेको पाएको जनाउनुभयो । भूकम्पपछिको पुनःनिर्माण, नाकाबन्दीको अन्त्य र मधेस आन्दोलनलाई हेर्ने विषयमा देखिएका भिन्नताले प्रधानमन्त्रीले माओवादी केन्द्रलाई उपयोग मात्र गरी कमजोर पार्दै लाने ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ कार्यशैली देखाएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीको शैली एकल सरकारको जस्तो, अहङ्कार र दम्भयुक्त देखिएको टिप्पणी गर्दै उहाँले संयुक्त सरकारको मान्यता नभई अरुको क्षमतालाई अवमूल्यन गर्ने खालको भएको जिकिर गर्नुभयो । “आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रगतिशील राष्ट्रियताभन्दा पनि निश्चित वर्गको राष्ट्रियताको वकालत गर्ने अवस्था देखा प¥यो”– अध्यक्ष दाहालले भन्नुभयो, “तर सरकारको नेतृत्वमा त्यस्तो देखिएन । नेपालको भू–राजनीतिक अवस्था बुझेर सबै वर्गका समस्यालाई कसरी समाधान गर्नेभन्दा पनि ‘इरिटेसन’ गर्ने खालको अवस्था भयो ।”

आफूले एउटै कम्युनिस्ट केन्द्र स्थापनाको लक्ष्य लिए पनि ओलीले केवल माओवादी सरकारमा रहे पनि नरहे पनि सकिन्छ भन्ने सोच राखेको पाइएको तर्क गर्दै पछिल्लो नौबुँदे सहमति र भद्र सहमतिको कार्यान्वयनमा इमानदारी नदेखिएपछि अविश्वासको स्थिति बनेको बताउनुभयो ।

आफूले वर्तमान गठबन्धन तोडिहाल्ने इच्छा नरहे पनि प्रधानमन्त्री ओलीले अन्तिम वार्तामा ‘कि आफूले एक्सन लिने या माओवादी केन्द्रलाई एक्सन लेओस्’ भनेपछि गठबन्धनमा असझदारी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया