Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – डाक्टर गोविन्द केसीले उठाएका मागबारे सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीच शुक्रबार भएको पहिलो चरणको वार्ता विना निष्कर्ष सकिएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा डाक्टर केसीले उठाएका केही मागमा सरकारी वार्ता टोली सकारात्मक भएपनि कुनै पनि बुँदामा सहमती नजुटेको वार्तामा संलग्न डाक्टर सुमन आचार्यले जानकारी दिनुभयो ।

दुवै पक्षले थप तयारी गरेपछि शुक्रबार बेलुकी ७ बजे फेरी वार्ता गर्ने सहमतिपछि पहिलो चरणको वार्ता सकिएको पनि डाक्टर आचार्यले जानकारी दिनुभयो ।

डाक्टर केसीसँग वार्ता गर्न सरकारले स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । स्वास्थ्य क्षेत्रका विकृती हटाउन माग राखेर डाक्टर केसी १३ दिनदेखि अनसनमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया