Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित ३ वटा विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । ३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई संसदबाट पहिला पेश गर्ने र त्यसपछि अविश्वास प्रस्तावमाथि छलफल गर्ने सहमति भएको थियो ।

माओवादी केन्द्रले आफू अहिले प्रतिपक्षमा गईसकेका कारण सरकारले ल्याएका विधेयक पारित गर्न पक्षमा मतदान गर्ने संभावना नै नरहेको सचेतक हितराज पाण्डेले बताउनुभयो । माओवादी केन्द्रले विधेयकको विपक्षमा मतदान गर्ने भएपछि ती विधेयक संसदबाट पारित नहुने संभावना बढेको छ ।

सामान्यतया यस्ता विधेयक ध्वनी मतका आधारमा पारित गरिन्छ । तर कुनै सदस्यले ध्वनी मतमाथि प्रश्न उठाए मत विभाजन अर्थात भोटिङ नै हुने छ ।  मुल बजेट संसदबाट पारित भइसकेका कारण आश्रित यी ३ विधेयक पारित नभएपनि तत्काल कुनै असर पर्दैन । यी विधेयकलाई पारित गर्न फेरि संसदमा पेश गर्नु पर्ने हुन्छ । त्यो काम संभवत अर्को सरकारले गर्ने छ ।

तपाईको प्रतिक्रिया