Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमाले र कांग्रेस–माओवादी गठबन्धनका बीच असमझदारी नहटेका कारण आजको संसद बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको छ ।

आज १२ बजे शीर्ष दलका नेताहरुको बैठक सिंहदरवारमा डाकिएको थियो, तर प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदको बैठक भएकाले आफू अनुपस्थित रहने जानकारी दिनुभयो ।

त्यसपछि उक्त बैठकलाई १ बजेका लागि बानेश्वरमा डाकिएको छ र त्यहाँ असमझदारी हटाउन प्रयास हुनेछ । तर, समाधान सहज देखिँदैन । आज नै कांग्रेस–माओवादी गठबन्धनले अविश्वासको प्रस्तावलाई जसरी भए पनि अघि बढाउने निर्णय गरिसकेको छ ।

उता सभामुख ओनसरी घर्तीले पनि आज संसदको काम–कारबाही निर्धा्रित समयमै अघि बढाउने निर्णय गरिसकेको जानकारी घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । दुबैतर्फको अडानका कारण आज संसद मुठभेडतर्फ जाने सम्भावना बढेको हो ।

तपाईको प्रतिक्रिया