Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – व्यवस्थापिका–संसद्को कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमति गर्न छलफल सुरु भएको छ । दलबीच सरकारका विरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयक पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद यथावत् छ ।

विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताले आज दिनभरि नै छलफल गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि संसद्को बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो ।

ee

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा सभामुख ओनसरी घर्तीको समन्वयमा प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि छलफल भएको थियो ।

सभामुख घर्तीले शीर्ष नेतासँगको छलफलपछि सकारात्मक संवाद भएको र शुक्रबारको संसद् बैठक अगाडि नै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति देउवाले तीन दलबीच कुरा नमिलेको जानकारी दिनुभयो ।

निकासका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको प्रस्तावमा सकारात्मक छलफल भए पनि दलीय अडानले कुनै निर्णयमा पुग्न सकिएको छैन । फेरी शुक्रबार शीर्ष नेताबीच पुनःछलफल हुने र संसद् बैठक अगाडि नै सहमति खोज्ने सहमति भएको छ ।

नेता पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसद्मा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राखेको जानकारी दिनुभयो । उहाँले प्रमुख दलबीच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट सहमति गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले प्रस्तुत गर्नुभएको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान राख्नुभएको काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सहमतिका लागि शीर्ष नेताबीच विविध आयाममा छलफल भएको जानकारी दिँदै दलबीच उत्पन्न अविश्वासलाई विश्वासमा रुपान्तरण गरिने बताउनुभयो । उहाँले पुनःशुक्रबार १२ बजे शीर्ष नेताको बैठक बस्ने र सहमतिको लागि प्रयास गरिने उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वरिष्ठ नेता पौडेलको प्रस्तावमाथि छलफल भएको जानकारी दिँदै सहमतिका लागि थप एक दिन संसद् बैठक सारिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया